भियतनाममा सैन्य विमान दुर्घटना-Sutra News

भियतनाममा सैन्य विमान दुर्घटना

मंगलबार, २४ पौस २०८०

मंगलबार, २४ पौस २०८०

काठमाडौं । भियतनामको मध्य प्रान्त क्वाङ नामको डिएन बान शहरमा मंगलबार सैन्य प्रशिक्षण विमान दुर्घटना भएको छ ।



स्थानीय सञ्चार माध्यमले जनाएअनुसार विमान दुर्घटना हुनुअघि जहाजमा रहेका दुई पाइलटले प्यारासुटबाट हाम फालेका थिए । विमान बगैँचा नजिकैको खाली जमिनमा खसेको थियो ।

दुर्घटना स्थल नजिकैको बगैँचामा काम गर्दै आएका एक जना स्थानीय कामदार घटनामा घाइते भएका छन् । भीएन एक्सप्रेसका अनुसार दुर्घटना स्थलमा विमानको अगाडि र पछाडिका भागहरू एकअर्काबाट करिब २०० मिटर टाढा उछुट्टिएको छ ।

उक्त सैन्य विमान वायु रक्षा वायु सेनाको डिभिजन ३७२ द्वारा सञ्चालित रहेको बताइएको छ । विमान प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट