आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल-Sutra News

आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल

बुधबार, २५ पौस २०८०

बुधबार, २५ पौस २०८०

आज मिति २०८० साल पुष २५ गते बुधबार । तदनुसार जनवरी १० तारिख २०२४ । पुष कृष्ण पक्ष चर्तुदशी तिथि । बिहान ६ बजेर ५५ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर २६ मिनेटमा अस्ताउने छ ।



मेष

सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । सामान्य कामकै लागि दौडधुप गर्नु पर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा सजग रहनु होला ।

वृष

आम्दानी बढ्नाले उत्साह जाग्ने छ । व्यापारमा राम्रै फड्को मार्न सकिने छ । श्रमको उचित मूल्य पाइने छ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । मिहिनेतले छोटो समयमै उपलब्धि हातलागी हुनेछ ।

मिथुन

पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउने छन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

कर्कट

आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य चिन्ताले पनि सताउने छ । अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्ने छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला ।

सिंह

समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

कन्या

स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइने छ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहने छ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

तुला

नियमित काममा भने साबिकजस्तै फाइदा भइरहने छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउनाले सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।

वृश्चिक

प्रतीक्षित नतिजा पनि केही कमजोर रहला । दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिने छ । व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । पेटको खराबीले सताउन सक्छ ।

धनु

आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिने छन् । शुभचिन्तकहरू समेत टाढा हुने छन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

मकर

व्यापारमा राम्रै नाफा उठाउन सकिने छ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिने छ । नयाँ कामतर्फ अग्रसर भइने छ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।

कुम्भ

भाग्यले विभिन्न अवसर दिलाउने छ । काम देखाएर फाइदा लिने समय छ । शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला । मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइने छ ।

मीन

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइने छ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट