हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा-Sutra News

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

बुधबार, २५ पौस २०८०

बुधबार, २५ पौस २०८०

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।



पुस २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट