काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको सम्झौतामा एक पक्षीय रूपमा आयोजना छनोटको सुविधा नदिएको स्पष्ट पारेका छन् ।
बुधबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले एक पक्षीय आयोजना छनोट र कार्यान्वयन गर्न सुविधा नदिएको दाबी गरेका हुन् ।
उनले आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र आवधिक समीक्षासमेत नेपाल सरकारबाट हुने गरी सम्झौता भएको बताएका थिए ।