काठमाडौं । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक नौ दशमलव ५० अंकले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो ।
आज ३०१ कम्पनीको एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता शेयर ९२ हजार ६०२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ बराबरको कारोबार भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ९५ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम र शेयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३२ करोड ७८ लाख ९१ हजार ६१३ बराबरको छ लाख ३४ हजार ५९३ कित्ता शेयर कारोबार भएको छ ।