सर्वोत्तमको आइपिओ निष्कासन, कसले दिन पाउँछन् आवेदन?-Sutra News

सर्वोत्तमको आइपिओ निष्कासन, कसले दिन पाउँछन् आवेदन?

बुधबार, २५ पौस २०८०

बुधबार, २५ पौस २०८०

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुधबारदेखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।



कम्पनीले उद्योग प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको छ ।

न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीको आइपिओ प्रतिकित्ता ३६०.९० अंकित दरको हुनेछ । उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा माघ १० गते र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट