‘र्‍याप ब्याटल’को घोषणा, माघ २५ देखि नेपाल र भारतमा अडिसन-Sutra News

‘र्‍याप ब्याटल’को घोषणा, माघ २५ देखि नेपाल र भारतमा अडिसन

बुधबार, २५ पौस २०८०

बुधबार, २५ पौस २०८०

काठमाडौं । र्‍याप गीतको महासंग्राम ‘र्‍याप ब्याटल नेपाल’ नामक टेलिभिजन रियालिटी शो प्रसारणमा आउने भएको छ । बुधबार होटल सोल्टीमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम प्रशारणमा आउन लागेको जानकारी दिइएको हो ।



रियालिटी शोको आयोजकमा युजिसा इन्टरनेशनल र सह आयोजकमा राज्य मिडिया नेटवर्क रहेको छ ।

रियालिटी सो एपिवान टेलिभिजनमार्फत प्रसारणमा आउने आयोजक कम्पनी युजिसा इन्टरनेशनलका निर्देशक सानु खानले जानकारी दिएका छन् । टेलिभिजनपछि सूत्र मिडियाको डिजिलट प्लेटफर्ममार्फत कार्यक्रम हेर्न सकिने जनाइएको छ ।

कार्यक्रम आगामी अप्रिलदेखि प्रसारण हुने जनाइएको छ । “हाल हामी अडिसनको तयारीमा जुटेका छौं, फेब्रुवरीबाट अडिसन सुरु गर्नेछौं”, उनले भनेका छन् ।

¥याप ब्याटलको अडिसन नेपाली भाषी भएका भारतका विभिन्न सहरमा पनि गरिने आयोजकले जनाएको छ । नेपालका प्रमुख शहर पोखरा, झापा, इटहरी, चितवनसहित सीमापारि दार्जिलिङ, सिलिगुढि र सिक्किममा पनि आयोजना गर्ने आयोजकले जनाएको छ ।

जनाइएअनुसार शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फाल्गुण २, इटहरीमा फाल्गुण ५, चितवनमा ९, पोखरामा १२, र काठमाडौंमा १८ र १९ गते गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा अथिति जर्जको रुपमा भारतीय कलाकारहरु पनि आउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट