आतंकवादी हमलामा तीन प्रहरीको मृत्यु-Sutra News

आतंकवादी हमलामा तीन प्रहरीको मृत्यु

बुधबार, २५ पौस २०८०

बुधबार, २५ पौस २०८०

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा बुधबार बिहान प्रहरीलाई लक्षित गरी गरिएको आक्रमण तीन प्रहरीसहित कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।



कोहाटको सिन्धु राजमार्गस्थित सुरक्षा जाँच केन्द्रमा अज्ञात समूहले स्वचालित बन्दुकसहित आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरी, सुरक्षा बल र उद्धार टोली घटना स्थलमा पुगी घाइते सुरक्षाकर्मीलाई नजिकैको अस्पतालमा लगेका थिए ।

पाकिस्तानी सेना तथा सुरक्षाकर्मीले सम्बन्धित क्षेत्रमा उच्च सुरक्षाका साथ आक्रमणकारीको खोजी सुरु गरेको छ ।

आक्रमणपछि आक्रमणमा संलग्न व्यक्तिहरू नजिकैको पहाडी क्षेत्रमा भाग्न सफल भएको प्रहरीले जनाएको छ । हालसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट