आज औँशी तिथि, कस्तो छ तपाईंको राशिफल ?-Sutra News

आज औँशी तिथि, कस्तो छ तपाईंको राशिफल ?

बिहिबार, २६ पौस २०८०

बिहिबार, २६ पौस २०८०

आज मिति २०८० साल पुष २६ गते बिहीबार । तदनुसार जनवरी ११ तारिख २०२४ । पुष कृष्ण पक्ष औँशी तिथि । बिहान ६ बजेर ५५ मिनेट जाँदा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ५ बजेर २७ मिनेटमा अस्ताउने छ ।



मेष

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । तर परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ ।

वृष

रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्ने छ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्ने छ ।

मिथुन

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइने छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिने छ ।

कर्कट

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइने छ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । कामको मेसो नमिल्दा व्यवहारमा पछि परिने छ ।

सिंह

अरूको फाइदाका लागि उपयोग भइने छ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ । छातीको समस्याले स्वास्थ्य कमजोर रहने छ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला ।

कन्या

दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।

तुला

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने छ । बोली–व्यवहारमा अलि सजग रहनु पर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्ने छ ।

वृश्चिक

आफन्तसँग भेटघाट भए पनि परिस्थिति रमाइलो नरहन सक्छ । आफ्नाले सहयोग नगर्दा काम रोकिने छ । मिहिनेतको फल अरूलाई सुम्पनु पर्ने स्थिति आउन सक्छ ।

धनु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नु पर्ला । समय दिन नसक्दा नियमित काम बिग्रन सक्छ । लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ ।

मकर

मकर नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्ने छन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ ।

कुम्भ

तारिफ योग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउने छ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने छ ।

मीन

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइने छ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट