काठमाडौं । नेपाली बजारमा लगातार चौथो दिन सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
यसअघि सोमबार ७००, मंगलबार २०० र बुधबार सय रुपैयाँले गिरावट आएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कामय भएको छ । बुधबार तोलामा एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।