‘गौशाला २६’ फोटो सार्वजनिक गरेपछि रास्वपाका नेता कारबाहीमा-Sutra News

‘गौशाला २६’ फोटो सार्वजनिक गरेपछि रास्वपाका नेता कारबाहीमा

बिहिबार, २६ पौस २०८०

बिहिबार, २६ पौस २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सदस्य दिवस सापकोटालाई कारबाही गरेको छ ।



सामाजिक सञ्जालमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।

सापकोटाले गौशाला २६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए । उनलाई कारबाही स्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

गौशाला २६ लाई बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद र पाँच लाख रुपैयाँ दिनु पर्ने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट