सैन्य कारबाहीमा दुई सैनिकसहित चार जनाको मृत्यु-Sutra News

सैन्य कारबाहीमा दुई सैनिकसहित चार जनाको मृत्यु

बिहिबार, २६ पौस २०८०

बिहिबार, २६ पौस २०८०

काठमाडौं । पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तमा भएको सैन्य कारबाहीमा दुई सैनिकसहित चार जनाका मृत्यु भएको छ ।



पाकिस्तानी सेनाको सञ्चार शाखाले बुधबार राति पख्तुनख्वा प्रान्तको लक्की कारवत जिल्लामा सुरक्षा बल र सशस्त्र समूहबीच झडप भएको जनाएको छ ।

सेनाले गोलाबारीमा संलग्न दुई आतंककारी सैन्य कारबाहीमा मारिएको र दुई सैनिकको पनि मृत्यु भएको जनाएको छ ।

सेनाले घटनास्थलबाट उक्त समूहको साथबाट हतियार, गोली तथा विस्पोटक पदार्थ बरामद गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट