काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ ।
आज नेप्से ०.६२ अंक घटेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेर चार अर्ब ३० करोडमा खुम्चिएको छ ।
कूल १२१ कम्पनीको मूल्य बढेको छ भने ११७ को मूल्य घट्यो । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रह्यो । आज जीवन बीमा र होटल समूह सबैभन्दा बढी १–१ प्रतिशत घट्दा हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।
यस्तै, ७ कम्पनीको मूल्यमा सर्किट लाग्यो । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिडसोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।
मन्दाकिनी हाइड्रोपावर, मानुषी लघुवित्तसहित कम्पनीहरूको मूल्यमा गिरावट आएको छ ।