महिनावारी नहुँदा पनि पेट दुख्छ ? यस्तो छ कारण र उपचार-Sutra News

महिनावारी नहुँदा पनि पेट दुख्छ ? यस्तो छ कारण र उपचार

बिहिबार, २६ पौस २०८०

बिहिबार, २६ पौस २०८०

महिनावारीको समयमा महिला वा केटीहरूलाई पेटको तल्लो भागमा हल्का दुखाइ महसुस हुने गर्छ । जसलाई बोलचालमा ‘पिरियड क्रैम्प्स’ भनिन्छ । तर, कहिलेकाहीँ यस्तो हुन्छ कि महिनावारी नहुँदा पनि महिलाहरूले यस्तो दुखाइ महसुस गर्छन्।



यदि महिनावारी नहुँदा पनि दुख्छ भने त्यसमा अन्य कारण हुनसक्छ । आज यस लेखमा हामी केही स्वास्थ्य विज्ञहरूका भनाइका अाधार कारण र उपचार केलाउने प्रयास गरेका छाैं ।

यी कारणले दुख्न सक्छ पेट

मूत्रनलीमा संक्रमण

यदि तपाइँकाे मूत्रनलीमा संक्रमण भएकाे खण्डमा पेट दुख्न सक्छ । त्यस्ताे बेला मुत्रनलीकाे संक्रमण हटाउने उपाय खाेज्नुपर्छ ।

गर्भावस्थाकाे बेला

यस्तो बेलामा पनि पेट दुख्ने वा दुखाइ हुन सक्छ। सामान्य तहकाे दुखाइलाइ मान्न मिलेपनि गम्भीर तहकाे दुखाइमा उपचार खाेज्नैपर्छ ।

हर्मोनल परिवर्तनहरू

हर्मोनल परिवर्तनका कारण पनि पेट दुख्न सक्छ। जसका कारण तौल बढ्न र घट्ने समस्या पनि अाउँछ ।

गर्भाशयमा ट्यूमर

तल्लाे पेटकाे दुखाइलाइ धेरै सामान्यरूपमा पनि लिन मिल्दैन । कम दुखाइ भएपनि त्यसका अन्य कारण पनि हुनसक्छन् । विज्ञहरूका अनुसार पाठेघरमा ट्युमर भएमा पनि त्यस्ताे दुखाइ हुनसक्छ । जसकाे उपचार खाेजीहाल्नुपर्छ ।

दुखाइकाे उपचार के ?

मनतातो पानी पिउनुहोस्

महिनावारी नहुँदा पनि पेट दुख्दैछ भने मनतातो पानीले नुहाउनुहोस् वा तताउने प्याड लगाउनुहोस् । यसले तत्कालका लागि मात्रै दीर्घकालका लागि पनि सहयाेग गर्छ ।

तातो चीजहरू पिउनुहोस्

पाठेघरको मांसपेशीलाई आराम दिनुहोस् र यस्तो अवस्थामा न्यानो चीज पिउनुहोस्।

व्यायाम गर्नुहोस्

केही समय हिँड्नुहोस् । हल्का व्यायाम गर्नुहोस्, यसले दुखाइ कम गर्छ र तपाईंलाई आराम दिन्छ।

तातो खाना खाने

केही समय हिँड्नुहोस् र घरमा पकाएको तातो खाना मात्र खानुहोस्।

यस्ता कुराहरू हुँदा घरेलु उपाय अपनाउन सकिन्छ । तर, दुखाइ बढ्यो भने डाक्टरकहाँ जानु नै उत्तम विकल्प हो। त्यसैले कुनै पनि औषधि सेवन गर्नुअघि एकपटक चिकित्सकसँग परामर्श लिनुहोस्। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट