के दमका बिरामीले जाडाेमा मेवा खान हुँदैन ?-Sutra News

के दमका बिरामीले जाडाेमा मेवा खान हुँदैन ?

बिहिबार, २६ पौस २०८०

बिहिबार, २६ पौस २०८०

जाडो होस् या गर्मी, मेवा हरेक मौसममा पाइन्छ । तर, गर्मीमा भन्दा जाडोमा मेवा बढी पाइन्छ ।



जाडोमा मूल्यका हिसाबले पनि सस्ताेमा मेवा पाइन्छ । जाडोमा प्रशस्त मात्रामा खान मिल्ने मेवामा के छ ? के जाडाेमा खान मिल्छ कि मिल्दैन ?

मेवा चिसो कि तातो?

मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो भिटामिन ए र मिनरल्सले भरपूर सुपरफुड हो। मेवामा स्वास्थ्यसँग सम्बन्धित केही खास कुराहरु भने जान्न अावश्कय छ ।

कतिपयले मेवा खाँदा चिसाे हुने भन्दछन् तर, विज्ञहरूले बताएअनुसार मेवाले शरीरलाई न्यानो बनाउन सहयाेग गर्छ । त्यसैले यसलाई जाडोमा पनि खान सकिन्छ ।

मेवा कलेजो, मृगौला र आन्द्राका लागि राम्रो मानिन्छ र यसले शरीरलाई डिटोक्स गर्ने काम पनि गर्छ । जाडो मौसममा मेवा आरामसँग खान सकिन्छ ।

मेवा पेटका लागि राम्रो

अपच, मुटुको जलन, एसिड रिफ्लक्स, पेटको अल्सरलगायत धेरै रोगको उपचारमा मेवा निकै फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ ।

यसले पाचन प्रणालीलाई पनि सुधार गर्छ । मेवामा प्रोटिन नामक विशेष पदार्थ पाइन्छ, जसले सुपर इन्जाइमको काम गर्छ । मेवाले एसिडिटी, कब्जियत र आन्द्राको समस्यालाई पनि तुरुन्तै निको पार्छ।

दममा मेवा

मेवामा भिटामिन ए र बिटा क्यारोटिन प्रचुर मात्रामा पाइन्छ, जसले फोक्सोका राेगीलाई मद्दत गर्दछ। साथै, धुम्रपानको लत भएका व्यक्तिहरूले पनि धेरै मेवा खानुपर्छ, यसले फोक्सोको दुखाइलाई निको पार्छ।

विज्ञहरूका अनुसार मेवा दम राेगीका लागि फाइदाजनक छ । यद्दपि, फाइदाकाे नाममा धेरै खानु भने जस्ताेसुकै स्वस्थ व्यक्तिका निम्ति पनि राम्राे कुरा हाेइन । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट