काठमाडौं । लगातारको गिरावटपछि नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँको दरले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रुपैयाँ छ भने तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँ छ ।
यसअघि बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार तीन सय रुपैयाँ थियो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।