धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकापुरमा जारी पार्टीको प्रथम महाधिवेशनबाट चौधरी पार्टी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
यसअघि रेशमपत्नी रञ्जिता श्रेष्ठ पार्टी अध्यक्षकाे जिम्मेवारीमा थिइन् । तर, महाधिवेशनमा उनकाे मात्रै उम्मेदवारी परेकाे थियाे ।
चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए ।
पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
चौधरी टिकापुर घटनामा दोषी ठहर गरेपछि जेलमा थिए। सरकारले सजाय छुट दिएपछि उनी खुला राजनीतिमा आएका हुन्।
अध्यक्षमा चाैधरी सर्वसम्मत भएपनि अन्य पदमा भने आकांक्षी बढी भएकाले निर्वाचनकाे सम्भावना रहेकाे बताइएकाे छ ।