काठमाडौं । विद्युतको शुल्क नतिरेको भन्दै विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातदेखि जोडिदिएको छ ।
मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय गरेसँगै डेडिकेटेड फिडर र ट्रंकलाइनको बिजुली जोडिदिएको हो ।
शुक्रबार राति १–२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
विद्युत प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काटेको थियो ।