दही चिउराको फाइदा- वजनदेखि रक्त अल्पतासम्म नियन्त्रण-Sutra News

दही चिउराको फाइदा- वजनदेखि रक्त अल्पतासम्म नियन्त्रण

शनिबार, २८ पौस २०८०

शनिबार, २८ पौस २०८०

काठमाडौं । माघे संक्रान्ति हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व हो । यो पर्व हर्षोल्लासका साथ मनाइन्छ । यो पर्व विभिन्न तरिकाले मनाउने गरिन्छ । धेरै ठाउँमा यो दिन खिचडी खाने चलन छ । यस्तै दही र चिउरा खाने चलन छ । नेपालमा असार १५ दही चिउरा खाने पर्वको रुपमा प्रचलित रहँदै आएको छ ।



दही चिउरा नेपालीहरूकाे मुख्य खानाका रुपमा पनि रहँदै आएको छ । माघे संक्रान्तिको दिन दही चिउरा खाँदा सुख समृद्धि प्राप्त हुने भारतमा जनविश्वास छ । दही चिउरा मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

पाचन प्रणाली बलियो

यदि, बारम्बार पाचनसम्बन्धी समस्याा हुनुहुन्छ भने दही चिउराले राहत दिन्छ । दहीमा पाइने ब्याक्टेरियाले हाम्रो पाचन प्रणालीलाई सुधार्न मद्दत गर्छ । बिहानको खाजामा यसलाई खाँदा कब्जियत र ग्यासको समस्याबाट छुटकारा मिल्छ ।

वजन नियन्त्रण

दही चिउराले तौल नियन्त्रणमा धेरै मद्दत गर्छ । वास्तवमा यसको सेवनले लामो समयसम्म पेट भरिरहन्छ । पेट भरिँदा भोक कम हुन्छ । जसले तपाईलाई अतिरिक्त खानाबाट रोक्छ र तौल घटाउन मद्दत गर्छ ।

खराब कोलेस्ट्रोल कम हुने

खराब कोलेस्ट्रोल हाम्रो स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । यस्तो अवस्थामा शरीरमा यसको मात्रा बढ्न नदिनु जरुरी हुन्छ । दही चिउराले यसमा मद्दत गर्न सक्छ । शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम हुन्छ । जसले हृदयघातको खतरा पनि कम गर्छ ।

रक्तअल्पता

शरीरमा फलामको कमीले एनिमिया निम्त्याउन सक्छ । जसले कहिलेकाहीँ गम्भीर परिणाम निम्त्याउन सक्छ । यस्तो अवस्थामा दहीमा चिउरा मिसाएर खाँदा रक्तअल्पता जस्ता गम्भीर रोगको खतरा कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट