बाबुराम भट्टराईसँग पार्टी एकता गर्न माओवादीमा खुल्यो बाटो-Sutra News

बाबुराम भट्टराईसँग पार्टी एकता गर्न माओवादीमा खुल्यो बाटो

शनिबार, २८ पौस २०८०

शनिबार, २८ पौस २०८०

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र माओवादीबाट नै फुटेर गएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकता गर्ने बाटो खुलेको छ ।



माओवादीभित्र एकता संयोजन समिति बनाउन ढिलाई हुँदा दुई पार्टीबीचको एकतामा ढिलाई हुँदै आएको थियो । शनिबार बसेको माओवादीको स्थायी कमिटी बैठकले एकता संयोजन बनाउने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

‘पार्टीको एकताको विषयमा चाहिँ पार्टी एकता संयोजक समिति बनाउन वातावरण बनाउने र पार्टी एकता संयोजन समिति पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बनाउने निर्णय भएको छ’, उनले भने ।

पार्टी एकीकरण गर्नका लागि नेसपाले बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाइसकेको छ ।

यसअघि गत वर्ष भएको आम निर्वाचनमा पार्टी एकीकरण गर्ने उद्देश्यसहित भट्टराईले आफ्नो चुनावी क्षेत्र प्रचण्डलाई छाडेर चुनावी अभियानमा साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट