अमेरिकाले युक्रेनलाई दिएको १३ खर्बको हतियार लुटिएको आशंका-Sutra News

अमेरिकाले युक्रेनलाई दिएको १३ खर्बको हतियार लुटिएको आशंका

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०
gun

काठमाडौं । युक्रेनलाई रुससँग युद्ध लड्न सघाउने अमेरिकालाई आफूले दिएको एक अर्ब डलरको हतियार कहाँ पुग्यो भन्ने थाहा नभएको समाचार बाहिरिएको छ ।



अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको लेखा परीक्षण प्रतिवेदनमा यो खुलासा भएको हो । पेन्टागनका महानिरीक्षकका अनुसार युक्रेनमा पठाइएको एक अर्ब अर्थात १३ खर्ब ३५ करोड मूल्य बराबरको हतियारको अभिलेख फेला नपरेको हो ।

उक्त मूल्य बराबरको हतियार अन्यत्र पठाइएको वा लुटिएको आशंका गरिएको छ ।

लुटपाटको कुनै प्रमाण छैन

समाचार एजेन्सी एएफपीका अनुसार रक्षा विभागको कार्यालयले बिहीबार युक्रेनलाई दिएको एक अर्ब ७० करोड डलर सहायतामध्ये ५९ प्रतिशत अर्थात् करिब एक अर्ब डलरको हतियार हराइरहेको देखाएको छ ।

अमेरिकी रक्षा विभागका प्रेस सेक्रेटरी ब्रिगेडियर जनरल प्याट्रिक राइडरले आफ्नै रक्षा विभागको दाबीलाई अस्वीकार गरेका छन् । उनले हतियार अरु कतै पठाएको प्रमाण नरहेको बताए । हामीले युक्रेनमा तैनाथ र प्रयोग गरिएका हतियारहरू देखेका छौँ ।

प्याट्रिक राइडरले हतियारको बारेमा जानकारीको अभावलाई रुसी प्रचारको रूपमा वर्णन गरेका छन् । यद्यपि, धेरै मिडिया रिपोर्टहरूले दाबी गरेका छन् कि- अमेरिकाको एम फोर राइफलहरू हमास र आतंकवादीहरूले जम्मू-कश्मिरमा प्रयोग गरिरहेको छ ।

समाचार एजेन्सी एपीका अनुसार अमेरिकी कंग्रेसले हालसम्म नेटो र युक्रेनलाई एक खर्ब डलर सहयोग गरिसकेको छ । यसमध्ये ७५ अर्ब डलर युक्रेनमा गएको छ ।

अमेरिकाले युक्रेनलाई एन्टी-ट्यांक मिसाइल, सतहबाट सतहमा मार हान्न सक्ने मिसाइल, कामिकाजे ड्रोन, बख्तरबन्द सवारी साधन जस्ता दर्जनौँ हतियार दिएको छ ।

भएको के हो ?

लेखा परीक्षणले एक अर्ब डलर बराबरको हतियार हराउनुको कारण अनुगमन र कर्मचारीको अभाव र युद्ध क्षेत्रमा हतियार पुगेको वा नभएको अनुगमन गर्न नसकिएको बताएको छ ।

यस विषयमा रक्षा विभागको महानिरीक्षक कार्यालयले अनुसन्धान गरिरहेको छ । द इन्डिपेन्डेन्टको प्रतिवेदनअनुसार यस विषयमा सुरक्षा सहयोगको दुरुपयोगको कोणबाट अनुसन्धान भइरहेको छ ।

लामो समयदेखि अमेरिकामा युक्रेनलाई पठाइएको सहायताको जवाफदेहिता निर्धारण गर्न माग भइरहेको छ । रिपब्लिकन पार्टीका नेताहरूले युक्रेनलाई सैन्य र आर्थिक सहायता रोक्ने प्रस्ताव पनि पेश गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट