राष्ट्रियसभाका उम्मेदवारले साढे तीन लाख मात्रै खर्च गर्न पाउने-Sutra News

राष्ट्रियसभाका उम्मेदवारले साढे तीन लाख मात्रै खर्च गर्न पाउने

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सीमा तय भएको छ ।



निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा तोकेको हो ।

आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालनमा उक्त रकम खर्च गर्न पाउने भएको हो ।

आयोगले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्च गर्नु पर्ने र निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउनसमेत उम्मेदवारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट