बम विष्फोटमा परी पाँच सैनिकसहित आठ जनाको मृत्यु-Sutra News

बम विष्फोटमा परी पाँच सैनिकसहित आठ जनाको मृत्यु

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०

काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा लडाकूसँग भएको झडपमा परी कम्तीमा पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले आइतबार जनाएको छ ।



घटना बलुचिस्तानको केच जिल्लामा शनिबार भएको हो । बलुचिस्तानमा सेनाले दशकौँदेखि विभिन्न विद्रोही समूहसँग लडिरहेको छ ।

आतंककारीले सुरक्षा बलको गाडीलाई लक्षित गरी विस्फोट गराएका थिए । त्यसपछि दुई पक्षबीच भीषण सशस्त्र झडप भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“झडपका क्रममा सैनिकले वीरतापूर्वक लडेको र पाँच सैनिक अधिकारीले शहादत प्राप्त गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

झडपमा तीन जना लडाकु पनि मारिएको बताइएको छ । २४ करोडभन्दा बढी जनसंख्या भएको र सुरक्षा, आर्थिक र राजनीतिक संकटसँग जुधिरहेको पाकिस्तानमा फेब्रुअरी ८ मा आम निर्वाचन हुने मिति तय भएको छ ।

शनिबारको आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन । जातीय बलोच पृथकतावादीले वर्षौंदेखि यस इस्लामवादी र साम्प्रदायिक हिंसाले पनि प्रभावित यस क्षेत्रमा विद्रोह गरिरहेका छन् ।

बेइजिङबाट सहयोग प्राप्त अर्बौं डलरको पूर्वाधार अभियान चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)का लागि बलुचिस्तान एक प्रमुख क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट