काठमाडौं । साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ३१.६२ अंक बढेर २१२० विन्दुमा पुगेको छ । आज कूल २११ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो । तीन कम्पनीको मूल्य स्थिर रहेको छ ।
आइतबार हाइड्रोपावर समूहमा उच्च वृद्धि देखिएको छ । यस समूह सबैभन्दा धेरै ४.५८ प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स संस्थापक समूह, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, अरुणभ्याली हाइड्रोपावर र अरुण काबेली अगाडि रहे ।
हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर, मध्यभोटेकोशी जलविद्युत्, माथिल्लो मैलुङखोला, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनीलगायत कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।
निर्धन उत्थान लघुवित्तको ४.३, मनकामना स्मार्ट लघुवित्तको २.४ प्रतिशतले घटेको छ ।