नेपाल टेलिकमद्वारा लाभांश घोषणा, शेयर धनीले कति पाउँछन् ?-Sutra News

नेपाल टेलिकमद्वारा लाभांश घोषणा, शेयर धनीले कति पाउँछन् ?

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९-८० को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयर धनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।



कम्पनीले लाभांश रकम एनएमबी बैंकमार्फत सर्वसाधारण शेयर धनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको छ । उक्त सभाले आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

साधारणसभाले कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट