माघ महिनाका लागि बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?-Sutra News

माघ महिनाका लागि बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?

आइतबार, २९ पौस २०८०

आइतबार, २९ पौस २०८०

काठमाडौं । माघ महिनाका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेकाे ब्याजदरअनुसार पुसकाे तुलनामा माघमा ब्याजदर घटेकाे हाे ।



बैंकहरुले सार्वजनिक गरेकाे नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ । वाणिज्य बैंकहरुले पुसको तुलनामा अधिकतम ०.२ प्रतिशतदेखि अधिकतम १.७५२ प्रतिशत बिन्दुसम्मले ब्याजदर घटाएका छन् ।

माघ महिनामा एनएमबी बैंक र एभरेष्ट बैंकले अधिकतम ब्याजदर पुस महिनाको यथावत राखेका छन् भने अन्यले घटबढ गराएका छन् ।

एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत राख्दै अन्य ब्याजदर प्रकाशित गरेको छ भने एनएमबी बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पुस महिनाकै ९ प्रतिशतलाई कायम राखेको छ।

माघ महिनाको लागि सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले दिएको छ। यो बैंकको अधिकतम ब्याजदर पुस महिनाको तुलनामा १.७५ प्रतिशतले घटाएको छ। जसअनुसार माघ महिनाको लागि ७.२६ प्रतिशत कायम गरिएको छ।

यसैगरी, नेपाल बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पुसको ब्याजदरमा १ प्रतिशत हाराहारीले घटाएका छन् ।

कुनकाे ब्याजदर कति ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट