गरिमा विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश पारित-Sutra News

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश पारित

सोमबार, १ माघ २०८०

सोमबार, १ माघ २०८०

काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ ।



आइतबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले प्रस्तावित ९.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

उक्त लाभांश पुस १६ गतेसम्म कायम सेयरधनीले पाउने भएका छन् ।

हाल ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर वितरणपश्चात ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

सभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ बनाउने, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ ।

हाल बैंकको १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

साथै, बैंकले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट