काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदवापतको ५३ करोड भुक्तानी गरेको छ ।
निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो ।
निगमले पछिल्लो १८ महिनामा किस्ताबापत चार अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।