यी ६ संकेत जसले बताउँछ तपाइँकाे मृगाैलाकाे अवस्था-Sutra News

यी ६ संकेत जसले बताउँछ तपाइँकाे मृगाैलाकाे अवस्था

सोमबार, १ माघ २०८०

सोमबार, १ माघ २०८०

आजकल मृगाैला रोग तिव्र गतिमा फैलिरहेको छ । धेरैजसो मानिसहरु मृगौला बिग्रिएको प्रारम्भिक लक्षण चिन्न सक्दैनन्। तर थाहा पाउनुपर्ने कुरा, मृगौला खराब हुनु अघि शरीरलाई धेरै संकेत दिन्छ।



मृगौलामा समस्या हुँदा शरीरले थुप्रै संकेत दिइरहेकाे हुन्छ । जसलाई हेक्का राख्न आवश्यक छ ।

थकावट

मृगौला फेल हुँदा रगतमा बिस्तारै विषाक्त पदार्थ जम्मा हुन थाल्छ । मृगौला रोगबाट पीडित व्यक्तिहरूलाई चाँडै थकान महसुस हुन थाल्छ।

साथै, अलिकति हिँड्दा पनि कमजोरी महसुस हुन थाल्छ । मृगाैला रोगले रक्तअल्पता, थकान र कमजोरी निम्त्याउँछ।

अनिद्रा

मृगौलाले रगतलाई राम्ररी फिल्टर नगर्दा शरीरको फोहोर बाहिर निस्कन सक्दैन । यसले निद्रामा कठिनाइ, मोटोपना र दीर्घकालीन मृगौला रोगको जोखिम बढाउँछ।

छाला सुख्खा हुने र चिलाउने

मृगाैलामा समस्या हुँदा छालामा खनिज र पोषक तत्वको कमी हुन्छ । जसले छाला सुख्खा हुन थाल्छ र चिलाउने पनि हुन थाल्छ ।

बारम्बार पिसाब

कुनै पनि प्रकारको मृगौला रोगमा पिसाबसम्बन्धी थुप्रै समस्याहरू देख्न सकिन्छ । धेरै पिसाब लाग्नु मृगौला रोगको संकेत हुन सक्छ।

पिसाबमा रगत

मृगौलाले पिसाब फिल्टर गर्छ। रगतबाट पानी अलग गर्ने काम गर्छ। यस्तो अवस्थामा यदि शौचालयमा रगत आउन थाल्छ भने सावधानी अपनाउनुपर्छ । र, यो मृगौला रोगको प्रारम्भिक लक्षण हुन सक्छ।

फोमयुक्त पिसाब

ट्वाइलेटमा फिनायुक्त पिसाब हुनु मृगौला क्षतिको सामान्य लक्षणहरू मध्ये एक हो। यस्ताे बेला पिसाबमा बुलबुले देखा पर्छन्, जसले पिसाबमा प्रोटिन रहेको स्पष्ट देखाउँछ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट