नेताहरूलाई बोलाएर राष्ट्रपतिले भने- संविधान कार्यान्यान्वयमा जाऔँ-Sutra News

नेताहरूलाई बोलाएर राष्ट्रपतिले भने- संविधान कार्यान्यान्वयमा जाऔँ

सोमबार, १ माघ २०८०

सोमबार, १ माघ २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गर्न सबै दलहरूको ध्यानाकर्षण गराएका छन् ।



माघेसंक्रान्तिको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीसहित दलका नेताहरूलाई बोलाएर राष्ट्रपति पौडेलले संविधान कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

“यति अधिकार दक्षिण एसियाका मुलुकको तुलनामा कम होला, यति धेरै जनताले अधिकार पाएको संविधानलाई सबैले प्रशंसा गरेका छन्,” उनले भने, “यसलाई व्यवहारमा ल्याउनु पर्‍यो, संविधानले जनतालाई जे अधिकार दिएको छ त्यो सार्थक हुनु पर्‍यो, त्यसका लागि कानून बनाउनु पर्ने छ ।”

संविधानले परिकल्पना गरेका विषयलाई कानूनद्वारा व्यवस्थित गर्नु पर्ने बताउँदै उनले थपे, “त्यो कानून निर्माण छिटोभन्दा छिटो गर्नु पर्छ, संविधान कार्यान्यान्वयमा जाऔँ, जनताको निराशामा आशामा परिणत गरौँ, यो संविधानलाई कार्यान्वयन नगरेर अहिले निराशा बढेको हो, जनता पछाडि फर्किन चाहेका छैनन् मैले बुझेको छु ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट