प्रचण्डलाई बालेनको प्रश्न : एउटा मन कतिपल्ट जित्नु हुन्छ सरकार ?-Sutra News

प्रचण्डलाई बालेनको प्रश्न : एउटा मन कतिपल्ट जित्नु हुन्छ सरकार ?

सोमबार, १ माघ २०८०

सोमबार, १ माघ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति काठमाडौं महानगरका मेयर बालेन साहले व्यङ्ग्य प्रहार गर्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री दाहालले सोमबार बिहान सिंहदरबार मेलम्चीको पानी वितरण उद्घाटन गरेका थिए ।



सोही उद्घाटनको विषयमा बोलेनले भने, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार ? एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर ।’

मेयर बालेनले यसअघि पाँच पटक मेलम्ची खानेपानीको उद्घाटन भएको स्मरण गराउँदै यस आयोजनालाई एउटा दुहुनो गाई जस्तो मात्रै बनाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट