काठमाडाैं । माघे संक्रान्तिको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको दिवा भोजमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
शीतल निवासले आयोजना गरेको भाेज खान प्रधानमन्त्री पसष्पकमल दाहाल ‘प्रचण्ड’सहित सभामुखदेखि विभिन्न राजनीतिक दलका नेताहरू पुगेका थिए । तर, एमाले अध्यक्ष ओली भने अनुपस्थित रहे ।
ओली अनुपस्थित रहेपछि राष्ट्रपति कार्यालयकाे भाेजमा चर्चा भएकाे छ । राष्ट्रपति पौडेलले पनि ओलीकाे सोधिखोजी गरेका थिए ।
यसअघि पनि विभिन्न समयमा राष्ट्रपतिले बाेलाएकाे बैठक तथा भेटवार्तामा ओली अनुपस्थित रहने गरेका थिए । यद्दपि, एमालेले भने पूर्वनिर्धारित कार्यक्रमकाे कारण सहभागि हुन नसकेकाे बताएकाे छ।