मधुमेह र कोलेस्ट्रोलबाट जाेगिन खानुपर्छ बदाम-Sutra News

मधुमेह र कोलेस्ट्रोलबाट जाेगिन खानुपर्छ बदाम

सोमबार, १ माघ २०८०

सोमबार, १ माघ २०८०

बदाम एक सुपरफुड हो, जुन स्वास्थ्यका लागि निकै लाभदायक छ । केही अनुसन्धानअनुसार यसको सेवनले मधुमेह र कोलेस्ट्रोलको जोखिम कम गर्न मद्दत गर्दछ।



विज्ञहरूका अनुसार बदाममा भिटामिन ई, एन्टिअक्सिडेन्ट र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ । जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र मधुमेह व्यवस्थापन गर्न मद्दत गर्छ।

बदाममा भिटामिन ई र म्याग्नेसियमको सही स्तर हुन्छ, जसले इन्सुलिनको उचित उपयोग गर्न र इन्सुलिन संवेदनशीलता सुधार गर्न मद्दत गर्दछ।

यस्तै, बदाममा न त स्याचुरेटेड फ्याट हुन्छ न त कोलेस्ट्रोल, यसको सट्टामा मोनोअनस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याट जस्ता राम्रो फ्याट हुन्छ । जुन मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

बदाममा मोनो अनस्याचुरेटेड फ्याट, फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ, जसले एचडीएल अर्थात् राम्रो कोलेस्ट्रोल बढाउन सक्छ।

तथापि, धेरै बदाम खानु हुँदैन । किनकि यसमा धेरै क्यालोरीहरू हुन्छ । दिनमा अधिकतम १०-१५ वटा बदाम उपभोग गर्नु सामान्यतयाः स्वस्थ व्यक्तिहरूको लागि उपयुक्त मानिन्छ।

धेरै बदाम खाएमा कब्जियत, पेट फुल्ने र पेट दुख्ने जस्ता गम्भीर समस्या देखिन सक्छन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट