काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आरतीलाई सर्वोच्च अदालतको गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । रावलले आफ्ना पति भुवनविरुद्ध सर्वोच्चमा बलत्कारको मुद्दा दायर गरेकी छन् ।
उक्त मुद्दाको सुनुवाइ नजिकिँदै गर्दा उनी सर्वोच्चमा प्रदर्शन गर्न पुगेकी हुन् । यसअघि उनले आत्मदाहको प्रयास गरेकी थिइन् ।