काठमाडौं । आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले मंगलबार वेस्टइण्डिजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।
नेपालको अन्तिम औपचारिक वार्मअफ खेल दक्षिण अफ्रिकाको जोहननेसबर्गमा नेपालका कप्तान देव खनालले टस जितेका थिए । टस जितेसँगै उनले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले पहिलो औपचारिक वार्मअप खेल स्कटल्यान्डलाई डीएलएस मेथडअनुसार ७ विकेटले पराजित गरेको थियो ।