कुशल बैंकर्सको रूपमा स्थापित लम्सालले पाए महालक्ष्मीमा नेतृत्वकाे जिम्मा-Sutra News

कुशल बैंकर्सको रूपमा स्थापित लम्सालले पाए महालक्ष्मीमा नेतृत्वकाे जिम्मा

मंगलबार, २ माघ २०८०

मंगलबार, २ माघ २०८०

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २८ मा बसेको बैठकले कामु सिइओको जिम्मेवारीमा लम्साललाई नियुक्त गरेको हो ।



बैंक सञ्चालक समितिले सोमबारदेखि लम्साललाई कामु सिइओको जिम्मेवारी दिएको हो । यसअघिका सीईओ बोधराज देवकोटा बाहिरिएपछि सञ्चालक समितिले लम्साललाई सो जिम्मेवारीमा तानेको हो ।

लम्साल यसअघि बैंककै नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । सञ्चालक समितिको बैठकले लम्साललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्दै सो जिम्मेवारी सुम्पेको हो ।

विगत १२ वर्षदेखि सोही विकास बैंकमा कार्यरत लम्सालसँग झण्डै साढे दुई दशकको बैंकिङ्ग अनुभव छ ।

लम्साललाई बैंकिङ्ग क्षेत्रमा कुशल बैंकर्सको रुपमा चिनिन्छ । बैंकिङ्ग क्षेत्रमा निकै कुशल बैंर्कसको रुपमा परिचय बनाएका लम्सालले तत्कालिन समय निकै खराब अवस्थाबाट गुज्रिएको तत्कालिन मनकामना डेभलपमेन्ट बैंकलाई सवल र सक्षम बैंकको रुपमा स्थापित गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट