चोरी गरेको भिडि‌ओ भाइरल भएपछि गयो सांसदको पद-Sutra News

चोरी गरेको भिडि‌ओ भाइरल भएपछि गयो सांसदको पद

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०
सांसद गोलरिज हारमन

काठमाडौं । न्यूजिल्याण्डमा ग्रीन पार्टीका सांसद गोलरिज हारमनले दुई शपिङ्ग स्टोरबाट लुगा चोरेको भिडिओ भाइरल भएपछि राजीनामा दिएकी छन् ।



गोलरिजमाथि अकल्याण्ड र वेलिङ्गटनका दुई कपडा पसलबाट तीन पटक लुगा चोरेको आरोप छ । प्रहरीले ती पसलको भिडिओ फुटेज प्राप्त गरेको छ ।

अहिले गोलरिजविरुद्ध पनि अनुसन्धान सुरु भएको छ । ग्रीन पार्टीले गोलरिजको स्थानमा अर्की महिला सांसदलाई मौका दिने भएको छ ।

‘भोक्स न्यूज’को रिपोर्टअनुसार गोलरिज इरानी मूलका हुन् । उनले देश तथा विदेशमा मानव अधिकारका विषयमा धेरै काम गरेकी छन् । सन् २०१७ मा उनी न्यूजिल्याण्ड सरकारमा स्थान प्राप्त गर्ने पहिलो शरणार्थी बनिन् । उनलाई न्यायमन्त्री बनाइयो ।

लुगा चोरेको भिडिओ भाइरल हुनासाथ मानिसहरूले ग्रीन पार्टीलाई पनि निशाना बनाउन थालेका छन् । आफ्नो स्पष्टीकरणमा गोलरिजले भनिन्, “कामको तनावले मलाई सताएको थियो, र जे भयो त्यो त्यही तनावको परिणाम हो, यद्यपि म विश्वास गर्छु कि मैले मेरा मानिसहरूलाई निराश पारेको छु, यसका लागि म माफी चाहन्छु ।”

यसरी गरिन् चोरी

४२ वर्षीय गोलरिजको परिवार इरानबाट भागेर करिब ३० वर्षअघि न्यूजिल्याण्ड आएको थियो । त्यसपछि उनले यहाँको नागरिकता पाइन् ।

भिडिओमा गोलरिजको हातमा ब्राण्डेड ह्याण्ड ब्याग रहेको देखिन्छ । उनी मानिसहरूको नजरबाट जोगिन्छिन् । झोलामा केही लुगाहरू राख्छिन् र छोड्छिन् ।

प्रहरीले भने, “गोलरिज सांसद हुन्, सबैले त्यस्ता व्यक्तिहरूबाट जिम्मेवार व्यवहारको अपेक्षा गर्छन्, ताकी तिनीहरूले उदाहरण बसाल्न सकून्, हाम्रा यी सांसदले यस मामिलामा जनताको परीक्षामा उभिन सकेनन् ।” एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट