काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा एक हजार २०० रुपैयाँले गिरावट आएको हो ।
योसँगै बुधबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक लाख १८ हजार ८५० रुपैयाँ तोकिएको थियो ।
बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।