गरिमाको ‘फाइब इन वान’ बचत खाता : मोबाइल बैकिङ्गदेखि थुप्रै सेवा निःशुल्क-Sutra News

गरिमाको ‘फाइब इन वान’ बचत खाता : मोबाइल बैकिङ्गदेखि थुप्रै सेवा निःशुल्क

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘फाइब इन वान’ बचत खाता सार्वजनिक गरेको छ । थुप्रै सेवासहित सार्वजनिक यस योजनामा खाता खोल्दा थुप्रै एकाउन्ट एकै पटक खोल्न मिल्ने र थुप्रै सेवा निःशुल्क पाइने जनाइएकाे छ ।



बैंकले जनाएअनुसार यस योजनामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन् ।

ग्राहकहरुले न्यूनतम एक हजारमा खाता खोल्न सक्ने जनाइएकाे छ । यस याेजनामा सहभागि ग्राहकहरुले निःशल्क सेवाअन्तर्गत मोबाइल बैंकिङ, वेभ बैंकिङ एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र शेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ र मेरो शेयर खाता पाउनेछन् ।

साथै, लकर सुविधामा पनि ५० प्रतिशतसम्म छुटको सुविधा पाउने बैंकले जनाएको छ ।

यस सेवामार्फत् नयाँ तथा पुराना ग्राहकहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्नेछन् । गरिमा विकास बैंकले ग्राहकहरुलाई सहज र सरलरुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले सो सेवा प्रारम्भ गरेको जनाएको छ ।

काठमाडाैंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको कम्पनीले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरुमा १२३ वटा शाखा कार्यालय ५१ वटा एटीएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट