विमानमा यात्रुले चालक दलका सदस्यलाई टोकेपछि…-Sutra News

विमानमा यात्रुले चालक दलका सदस्यलाई टोकेपछि…

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०

काठमाडौं । अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले जनाएको छ ।



एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरी चालक दलका सदस्यको पाखुरामा टोकेका थिए ।

उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थलमा फर्काएका थिए । जापानी प्रसारक टीबीएसबाट प्रशारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफूलाई ‘पटक्कै केही याद नभएको’ बताइएका छन् ।

घटनालाई ‘जोम्बी चलचित्रको सुरुवात’सँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनाबारे पोष्ट सार्वजनिक गरेका छन् । केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाई घटनाको बारेमा दुःख व्यक्त गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट