यस्ता रोगीले भुलेर पनि खानु हुँदैन अण्डा-Sutra News

यस्ता रोगीले भुलेर पनि खानु हुँदैन अण्डा

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०

धेरै मानिसहरू बिहानको खाजामा अण्डा खान मन पराउँछन्। किनभने अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ । यसलाई प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ। अण्डा ब्रेकफास्टमा मात्र नभई दिउँसो र बेलुकाको खानामा पनि खान सकिन्छ ।



अण्डाको सबैभन्दा ठूलो विशेषता यो हो कि यसबाट बनेको रेसिपी एकदमै सजिलो र छिटो तयार हुन्छ।

तथापि, केही अनुसन्धानमा यो पनि प्रमाणित भएको छ कि केहि रोगीहरू जसले भूलेर पनि अण्डा खानु हुँदैन।

यस्ता रोग भएकाले अण्डा खानु हुँदैन

मुटु रोग

मुटु रोगका बिरामीले भूलेर पनि अण्डा खानु हुँदैन । अण्डा खाँदा रोग बढ्न सक्छ । यसले रक्तसञ्चारमा समस्या निम्त्याउन सक्छ। यो अत्यन्त खतरनाक हुन सक्छ।

पखालामा

अण्डामा धेरै प्राेटिन हुन्छ । यदि कसैको पेट खराब छ भने अण्डा खानु हुँदैन, यसले समस्या बढाउन सक्छ ।

कब्जियतमा

कब्जियत भएको अवस्थामा अण्डा खानु हुँदैन किनभने यसले पाचन सम्बन्धी समस्या र असुविधा बढाउन सक्छ।

कोलेस्ट्रोल

कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले अण्डा खानु हुँदैन । याे खाँदा कोलेस्ट्रोल झन् बढ्छ ।

मधुमेह

मधुमेहका बिरामीले अण्डा खानु हुँदैन । यदि तपाई अण्डा खान मन पराउनुहुन्छ भने एकपटक चिकित्सकको सल्लाह लिनैपर्छ ।

क्यान्सरजस्ता रोगबाट बच्न भने हरेक दिन अण्डा खानुपर्छ । हार्वर्ड विश्वविद्यालयको सन् २००३ मा गरिएकाे अनुसन्धानअनुसार, अण्डा खाँदा वयस्क महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम हुन्छ।

२००५ को अर्को अध्ययनअनुसार पनि हप्तामा छ अण्डासम्म खाने महिलाहरुलाई स्तन क्यान्सरको जोखिम ४४ प्रतिशतले कम हुन्छ । अण्डा जुनसुकै रुपमा पनि खान सकिन्छ, उमालेको अण्डा मात्रै खानु जरुरी छैन । एजेन्सीबाट

यद्दपि, यहाँ जे लेखिएकाे भएपनि चिकित्सककाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट