कर नतिरेपछि गोपीकृष्ण हलका पुग्यो महानगरका प्रहरी-Sutra News

कर नतिरेपछि गोपीकृष्ण हलका पुग्यो महानगरका प्रहरी

बुधबार, ३ माघ २०८०

बुधबार, ३ माघ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरी चर्चित गोपीकृष्ण मुभिज पुगेको छ । गोपीकृष्ण मुभिजले कर नतिरेपछि जानकारी दिनका लागि महानगरको प्रहरी पुगेको हो ।



महानगरका वरिष्ठ राजश्व अधिकृत प्रदीप कोइरालाका अनुसार गोपीकृष्णले कर नतिरेपछि महानगर पुगेको जानकारी दिए । ‘उहाँहरूले कर तिर्नु भएको छैन, सम्पत्ति कर दुई किस्ता तिर्नु भयो, मनोरञ्जन कर तिर्न बाँकी छ,’ उनले भने ।

मुभिजले महानगरलाई २९ लाख ५६ हजारभन्दा बढी सम्पत्ति कर, मनोरञ्जन कर, व्यवसायी र बहाल कर तिर्न बाँकी रहेको अधिकृत कोइरालाको भनाइ थियो । उनले आफूहरूले कर तिर्नका लागि जानकारी दिँदै आएको बताए । महानगरलाई कर नतिरे व्यवसाय तथा आर्थिक कारोबार बन्द गराउन उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट