उच्च रक्तचाप नियन्त्रण गर्न खानुहोस् यी ५ चिज-Sutra News

उच्च रक्तचाप नियन्त्रण गर्न खानुहोस् यी ५ चिज

बिहिबार, ४ माघ २०८०

बिहिबार, ४ माघ २०८०

धेरै मानिसहरु उच्च रक्तचापको समस्याबाट पीडित भएको पाइन्छ । खराब जीवनशैलीका कारण मानिसहरु यस्ता समस्याहरूकाे सामना गर्न बाध्य छन् । तर, आफ्नै जीवनशैली र खानपान परिवर्तन गरेमा यस्ता समस्याबाट छुटकारा पाउन भने सकिन्छ ।



यहाँ हामी तपाईलाई उच्च रक्तचापको समस्या कम गर्न खानपानमा के-के कुरा समावेश गर्नुपर्छ भनी बताउँदैछाैं । थाहा पाउनुहाेस् उच्च रक्तचापकाे समस्या कम गर्न कस्ता कुरा खाने ?

सागसब्जी

हरियाे सागपात स्वास्थ्यका निम्ति निकै नै लाभकारी छ । यसले रगतकाे मात्रा मात्रै बढाउँदै रक्तचाप नियन्त्रण गर्न पनि राम्राे भूमिका खेल्दछ । पेटसम्बन्धी सबैखाले समस्यामा हरियाेग सागसब्जी सर्वाेत्तम तरकारी हाे ।

चुकन्दर

चुकन्दर तपाईको स्वास्थ्यको लागि धेरै लाभदायक छ। चुकन्दर खाँदा शरीरमा रगतको कमी पनि हट्छ । साथै, रक्तचाप नियन्त्रणमा राख्छ । यसले उच्च रक्तचापका राेगीलाई निकै राहत दिएकाे पाइएकाे छ ।

दाल

प्रायजसाे घरमा हरेक बिहान दाल पाक्छ । तर, कतिपयले दाल खान मन पराउँदैनन् । थाहा पाउनुहाेस् दाल पेटसम्बन्धी समस्यामा मात्रै हाेइन विभिन्न राेगमा निकै लाभकारी छ। यसमा पाइने तत्वले तपाइँलाई बलियाे तथा तन्दरूस्त मात्रै बनाउँदैन रक्तचाप नियन्त्रण राख्न पनि भूमिका खेल्छ ।

केरा

केरा एक निकै स्वादिष्ट र सर्वव्यापी फल हाे । अत्याधिक मात्रामा क्यालाेरी पाइने यस फल खाँदा शरीर निकै तन्दरूस्त हुन्छ । यसको प्रयाेगले रक्तचापलाई स्वस्थ राख्न पनि निकै भूमिका खेल्ने विज्ञहरूले बताएका छन् ।

काँचो लसुन

काँचो लसुन तपाईंको शरीरको लागि धेरै लाभकारी मानिन्छ । तपाईंले यसलाई आफ्नो खानामा निश्चित रूपमा प्रयाेग गर्नसक्नुहुन्छ । खानालाई पचाउन मात्रै हाेइन, लसुनले उच्च रक्तचाप नियन्त्रण गर्न पनि मद्दत गरेकाे तथ्य अध्ययनले देखाएकाे छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट