देश ०८४ सम्म नजान सक्छ, हामी मिशन ०८४ भनेर बसेर हुन्छ ? : केपी ओली-Sutra News

देश ०८४ सम्म नजान सक्छ, हामी मिशन ०८४ भनेर बसेर हुन्छ ? : केपी ओली

बिहिबार, ४ माघ २०८०

बिहिबार, ४ माघ २०८०
फाइल तस्बिर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि चुनावमा जान सक्ने दाबी गरेका छन् । एमालेनिकट खेलकुद महासंघको कार्यक्रममा बोल्दै उनले मिशन २०८४ भनेर बस्न नहुने बताए ।



‘देश ०८४ सम्म नजान पनि सक्छ, कहाँ हामी मिशन ०८४-०८४ भनेर बसेर हुन्छ ?, हामी जनताको बलमा देश बचाउन उत्रिन पर्ने हुन्छ,’ उनले भने, ‘त्यसका निम्ति हामी सुसंगठित भएर बस्नु पर्छ, अनि नेपाल जोगाउन परिआउँदा आन्दोलनको मैदान पुग्ने गरी राष्ट्रिय आन्दोलनमा उत्रिन सक्नु पर्ने हुन्छ ।’

यस्तै, उनले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लैले देशका सबै तहमा ५१ प्रतिशत मत ल्याउने पर्ने बताए । ‘हामी मिसन ०८४ मा छौँ, त्योबेला सबै क्षेत्रमा हाम्रो पक्षमा ५१ प्रतिशत हुनुपर्छ, हामीले खेलकुदमा समेत ५१ प्रतिशत आफ्नो पक्षमा बनाउनु पर्छ,’ उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार निकम्मा भएको बताए । सरकारले भष्ट्राचारबाहेक केही गर्न नसकेको भन्दै उनले सरकारलाई सबैले चिनिसकेको दाबी गरे ।

‘सबै साना-साना अंग जोडेर सरकार बनाएका छन्, सरकार कस्तो छ भने तरकारी बारीमा राखिएको बुख्याच्या जस्तो छ, अहिले त सबैले चिनिसक्यो, त्यसैले तरकारी बारीमा आउने काग, सुगा सबै बुख्याचामा बस्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट