उक्लिन सकेन शेयर बजार-Sutra News

उक्लिन सकेन शेयर बजार

बिहिबार, ४ माघ २०८०

बिहिबार, ४ माघ २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) पनि शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जले जनाएअनुसार बिहीबार ७.२४ अंकले घट्दै बजार २१५५.८२ को बिन्दुमा ओर्लिएको छ ।



यसअघि बुधबार पनि १२.१० अंकले बजार घटेको थियो ।

बिहीबार कारोबारमा आएका २४७ कम्पनीमध्ये १३३ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ११२ कम्पनीको मूल्यमा बृद्धि भएको छ । दुई कम्पनीको मूल्य भने यथास्थितिमा रहेको एक्सचेन्जले जनाएको छ ।

बजार घटेपनि बिहीबार चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको जनाइएको छ । रिडि पावर, सिनर्जी पावर, माहुलि लघुवित्त र गणपति लघुवित्तको मूल्यमा सर्किट लागेको छ ।

कारोबार रकममा झिनो गिरावट

यसअघि बुधबार शेयर बजारमा झण्डै दुई वर्षयताकै सर्वाधिक कारोबार भएको थियो । बजारमा नौ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

तर, बिहीबार भने कारोबार रकममा केही गिरावट आएको छ । स्टक एक्सचेन्जका अनुसार बुधबार कारोबार रकम आठ अर्ब १७ करोड रुपैयाँमा सीमित भयो ।

दुई करोड ११ लाख २५ हजार ७७६ कित्ता शेयर किनबेच हुँदा सो कारोबार भएको थियो ।

बिहीबार हिमालयन रि इन्स्यारेन्स, सुनापुर मिनरल्स, न्याग्दी ग्रप्प, रिडि हाइड्रोलगायतको कारोबार सर्वाधिक भएको छ ।

हिमालयन रि इन्सोरेन्सको मात्रै ३० लाख ४४ हजार ७०२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ८४ करोड ४२ लाख रुपैयाँ बराबरको भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट