काठमाडौं । कार्टुनिष्ट रवि मिश्रको एकल काटुर्न प्रदर्शनी सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा ‘डिपेक्सन’ नाम दिएर कार्टुन प्रदर्शनी सुरु भएको हो ।
लामो समयदेखि नयाँ पत्रिकामा कार्यरत कार्टुनिष्ट मिश्रले सञ्चार माध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउने उद्देश्ष्यसहित प्रदर्शनी आयोजना गरेका हुन् ।
प्रदर्शनीमा राखिने अधिकांश कार्टुनहरू पत्रिकामा प्रकाशित भइसकेका छन् ।