आकास एअरले माग्यो बोइङका १५० विमान-Sutra News

आकास एअरले माग्यो बोइङका १५० विमान

बिहिबार, ४ माघ २०८०

बिहिबार, ४ माघ २०८०

काठमाडौं । भारतको नयाँ वायुसेवा कम्पनी आकास एअरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ ।



गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेट विमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ ।

आकास एअरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८-२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भरतीय एअरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एअरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताए ।

सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चार वटा विमानको माग गरिसकेको आकास बोइङको बलियो सहयोगी रहँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत दुबेले भने, ‘आकास एअरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्ने छ ।’

यो मागमा अलास्का एअरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन । कुनै पनि भारतीय एअरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन् ।

देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७-८ म्याक्स विमानको परीक्षण सन्तोषजनक रूपमा सम्पन्न भएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट