अस्ताए गायक योगेश वैद्य…-Sutra News

अस्ताए गायक योगेश वैद्य…

शुक्रबार, ५ माघ २०८०

शुक्रबार, ५ माघ २०८०

काठमाडाैं । गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको बिहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको पारिवारिक श्राेतले जनाएको छ।



बिहीबार दिउँसो स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाइ परिवारले भ्याली अस्पताल लगेकाे थियाे । जहाँ उपचारका क्रममा उनकाे निधन भएकाे हाे ।

वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा ल्याइएकाे छ । उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनकाे शुक्रबार पशुपतिमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । वैद्यका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् ।

७७ वर्षका गायक वैद्यले आफ्नो जीवनकालमा नेपाली र नेपाल भाषाको गीत संगीतमा उल्लेख्य भूमिका खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट