अहिले जाडाे माैसम चलिरहेकाे छ । जाडाे माैसममा चिसाेसँग सम्बन्धित रोगहरुबाट मानिसहरू ग्रसित छन् । विशेषगरी चिसाेकाे कारण रुघाखोकी र ज्वराेकाे समस्याले सताएको पाइन्छ ।
साथै, याे माैसममा धेरैलाई टाउकाे दुख्ने समस्या पनि देखिन्छ । धेरै मानिसहरू दिनभर टाउको समातेर बसेका पाइन्छ ।
जाडोमा टाउको दुख्ने समस्या, कम तापक्रमले मस्तिष्कको स्नायुलाई असर गर्दा हुन्छ। यसले टाउकोमा रक्तसञ्चारलाई असर गर्छ। यस्ताे अवस्थामा कुनै औषधिले पनि काम गर्ने अवस्था हुन्न ।
जान्नुहाेस् जाडोमा टाउको दुख्ने समस्याबाट कसरी बच्ने ?
१. तातो चीजहरू उपभोग गर्नुहोस्
चिसोको समयमा टाउको दुख्ने बेलामा तातो प्रकृतिका चीजहरूको सेवन गर्नुहोस्। टाउको दुखेको अवस्थामा चिया वा कफी पिउनु फाइदाजनक हुन्छ । क्याफिनको सेवनले मस्तिष्कलाई राहत दिने अपेक्षा गरिन्छ। यसले मूड सुधार्न पनि काम गर्छ।
२. मनतातो तेलले टाउकोमा मालिस गर्नुहोस्
जाडोमा टाउको दुख्ने समस्या भएमा मनतातो तेलले टाउकोमा मालिस गर्न सकिन्छ । यसले मस्तिष्कका स्नायुहरूलाई राहत दिन्छ र रक्तसञ्चार सुधार गर्छ। जाडोमा टाउको दुख्ने समस्यामा यो समस्या निकै प्रभावकारी हुन्छ ।
३. पूर्ण आराम लिनुहोस्
चिसो मौसममा टाउको दुख्ने समस्या हुँदा केही समय आराम गर्नुपर्छ । राम्रो निद्राले दिमागलाई आराम दिन्छ र टाउको दुख्ने समस्या हट्छ। यस्तो अवस्थामा आराम गर्न बिर्सनु हुँदैन ।
४. हर्बल चिया पिउनुहोस्
हर्बल चियाले पनि टाउको दुखाइ कम गर्न मद्दत गर्दछ। चिसोमा टाउको दुख्ने समस्याबाट तत्काल आराम पाउन तुलसी, अदुवा, कालो मिर्च र दालचीनीको चिया बनाएर पिउनु लाभदायक हुन्छ । यसमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले दुखाइबाट राहत दिन्छ।
५. बेसार हालेकाे दूध खानुहाेस्
बेसार राखेकाे दूधले चिसोको समयमा टाउको दुख्ने समस्याबाट पनि छुटकारा पाउन मद्दत गर्छ । बेसारमा एन्टिसेप्टिक, एन्टिब्याक्टेरियल, एन्टिबायोटिक, एन्टिअक्सिडेन्ट जस्ता गुण हुन्छ, जसले टाउको दुखाई कम गर्न मद्दत गर्छ।
यसले दिमागलाई पनि आराम दिन्छ। घाममा केही बेर बस्दा पनि आराम मिल्छ । एजेन्सीबाट
यद्दपि, यहाँ जे लेखिएकाे भएपनि चिकित्सककाे सल्लाहअनुसार निर्णय लिन हाम्राे आग्रह छ। सं.