फेरि बढ्यो सुनको मूल्य-Sutra News

फेरि बढ्यो सुनको मूल्य

शुक्रबार, ५ माघ २०८०

शुक्रबार, ५ माघ २०८०

काठमाडौं । केही दिनदेखि घटिरहेको सुनको मूल्य फेरि बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामै पाँच सय रुपैयाँले बढेको छ ।



महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुसमा सुनको मूल्यमा निकै नै उतार चढाव देखिएको थियो । तर, माघ लागेसँगै खासै उतार चढाव भने देखिएको छैन । यद्यपि, मूल्य केही घट्ने क्रममा देखिएको थियो ।

महासंघका अनुसार अन्तराष्ट्रिय बजारमा भएको घटबढ र स्थानीय बजारमा भएको माग तथा पूर्तिको स्थितिले मूल्यमा प्रभाव पारिरहेको छ ।

सुनको मूल्यमा भएको उतारचढावको प्रभाव चाँदीको मूल्यमा पनि परेको महासंघले जनाएको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट